Abha Mukarung

Overall Visits 498

Top songs

  • Maya Mitho Views: 571

सुगम संगीतमा आभा मुकारुङ
May 16, 2009
‘कता हेरेको, कसलाई खोजेको…?’  गीत आजभोलि चर्चामा छ । गीतको शब्द, संगीत र स्वरको सम्मिश्रणकै कारण यो गीत चाँडै लोकपि्रय भयो । यसअघि सयौं गीत गाएकी आभा मुकारुङलाई यही गीतबाट संगीतमा रुचि राख्नेहरूले चिन्न थालेका हुन् । भोजपुरमा जन्मिएकी मुकारुङ
स्कुले शिक्षादेखि नै बालगीतहरूमा स्वर दिन थालेकी थिइन् । यद्यपि गायनले मात्र जीव्ान धान्न सक्ने अवस्था नदेखेर उनले एसएलसीपछि संगीतको स्वाध्ययनसँगै व्यवस्थापनको अध्ययन प्रारम्भ गरनि् ।
आभाले कलेजसँगै गुरुदेव कामत, सुदेश शर्मा एवं कमल क्षेत्रीसँग शास्त्रीय गायनको कक्षा लिइन् । शास्त्रीय संगीतको ज्ञानले नै आफ्नो गायनमा निखार ल्याएको उनको अनुभव छ । आभा भन्छिन्- स्वर जन्मजात पाएको भए पनि सुर, तालमा ढाल्न संगीतको राम्रो ज्ञान आवश्यक छ । संगीत यस्तो महासागर हो, जति गहिराइमा गयो उति नपुग्ने । शास्त्रीय संगीत सिकेपछि नै उनले गायनका विविध विधामा हात हालेकी हुन् । उनको स्वरमा प्रायः राष्ट्रिय गीत, आधुनिक तथा लोक गीत सुन्न सकिन्छ ।
२०५४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा उनले गाएको ‘यो साल फेर िबारीभर िआजम्बरी फुलेको छ…’ गीत उत्कृष्ट भएको थियो । त्यही गीत गाएर उनले भ्वाइस टेस्ट पास गरनि् । आफ्नो पहिलो रेकर्डेङ गीत रेडियोमा बजेपछि नै उनले थुप्रै संगीतकारसँग काम गर्ने मौका पाइन् । ५० भन्दा बढी राष्ट्रिय गीतमा स्वर दिए पनि आभालाई मन पर्ने गायन विधा सेन्टिमेन्टल तथा आधुनिक गीत हुन् । आभालाई कलेक्सन एल्बम समावेश हुने गायिकाका रूपमा समेत लिन सकिन्छ । अहिलेसम्म विविध विधाका दुई सय पचास  कलेक्सन एल्बममा उनको स्वर रेकर्ड भैसकेको छ । उनी धेरैजसो स्टुडियोमै व्यस्त हुन्छिन् । यति लामो समयपछि बल्ल आभाले आफ्नो एकल एल्बम ‘कता हेरेको’ बजारमा ल्याउन भ्याएकी छिन् ।
आफ्नो एकल एल्बम नहुँदा जति गीत गाए पनि स्थापित र परिचित हुन मुस्किल हुने आभाको अनुभव छ । आभाको त्यही एकल एल्बमका तीनवटा म्युजिक भिडियो पनि सार्वजनिक भैसकेका छन् । आभाका प्रशंसकहरू नेपालमा भन्दा विदेशतिर बढी छन् । यही कारणले उनी सांगीतिक कार्यक्रम लिएर थुप्रै पटक हङकङ, कोरयिा, दुबई, कतार, देहरादून एवं सिक्किम पुगेकी छिन् । उता बस्ने नेपालीहरूलाई नेपाली लोकलयमा आधारति गीत बढी मनपराउने आभाको अनुभव छ । उनले गाएका लोकगीतहरू कालीपारे दाइ, माया बस्यो ख्यालख्यालै निकैले रुचाएको आभाले बताइन् । चलचित्र संगीतमा पनि स्वर दिन थालेकी आभा यतिखेर संगीतबाट पनि जीवन चलाउन सकिने ठहरमा छिन् ।
कम समयमा निकै धेरै गाउनुभयो, तर गुणस्तर र आत्मसन्तुष्टि मिलेको गीत गाउन पाउनुभयो ? यो प्रश्नमा आभाले निकै बेर सोचेर भनिन्, ‘कुन गीतले मलाई बढी सन्तुष्टि दियो भन्ने कुरा मैले सोचेकी छैन । मेरो पेसा नै गीत गाउनु हो । गुणस्तरीय र कालजयी गीत पनि थुप्रै गाएँ । यद्यपि पूर्ण सन्तुष्टि भने प्राप्त गरसिकेकी छैन ।’

Source: Kantipur
www.kantipuronline.com/nari/?p=108


 

Maya Mitho Views:571



Comments